कमिन्स बने टी-२० विश्वकपमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी

हिमाल प्रेस ९ असार २०८१ ९:०७
18
SHARES
कमिन्स बने टी-२० विश्वकपमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी

काठमाडौँ- अस्ट्रेलियाका बलर प्याट कमिन्सले दुई खेलमा लगातार ह्याट्रिक गरेका छन्।

आईसीसी टी-२० विश्वकप २०२४ को सुपर ८ को बंगलादेशविरुद्ध ह्याट्रिक गरेका कमिन्सले आज अफगानिस्तानविरुद्ध पनि फेरि ह्याट्रिक गरेका छन्। उनी टी-२० विश्वकपमा दोहोरो ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन्।

उनले आज १७ दशमलव ६ ओभरमा २ रन बनाएर खेलिरहेका राशिद खानलाई आउट गरेर पहिलो विकेट लिए।

अफगानिस्तानका कप्तान राशिदलाई आउट गर्दा कमिन्सले ३ ओभर बलिङ गरेका थिए। त्यसपछि खेलको १९ औँ ओभरमा आफ्नो  अन्तिम ओभर लिएर आएका कमिन्सले १३ रन बनाएर खेलिरहेका  करिम जन्नतको विकेट लिए भने त्यसलगत्तै दोस्रो बलमा  गुल्वादिन नैवलाई आउट गरेर ह्याट्रिक पूरा गरे।

कमिन्सले यसअघि बंगलादेशविरुद्ध पनि ह्याट्रिक गरेका थिए। योसँगै निर्धारित २० ओभरमा अफगानिस्तानले ६ विकेट लिएर १४८ रन बनाएको छ।

अहिले अस्ट्रेलिया ब्याटिङमा छ। १३ ओभरको खेल सकिँदा अस्ट्रेलियाले ४ विकेट गुमाएर ८४ रन बनाएको छ। सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा जारी खेलमा अफगानी स्पिनर सामु अस्ट्रेलियाका ब्याटरलाई टिक्न कठिनाइ परिरहेको छ। अस्ट्रेलियाका ओपनर ट्राभिस हेड ० रनमा आउट भए भने अर्का ओपनर डेभिड वार्नर ३ रनमा बाहिरिए।

मिचेल मार्सले १२ रन बनाउँदा मार्कस स्टोनिइसले ११ रन थपे। अहिले खेल जारी छ।

प्रकाशित: ९ असार २०८१ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =