कर्णालीका मुख्यमन्त्री भन्छन् : सामाजिक सञ्जालका कारण नागरिकले सही सूचना पाएनन्

हिमाल प्रेस ९ असार २०८१ ८:२७
12
SHARES
कर्णालीका मुख्यमन्त्री भन्छन् : सामाजिक सञ्जालका कारण नागरिकले सही सूचना पाएनन्

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सूचनाको हक जीवनशैली बनाउनु पर्ने जोड दिएका छन्।

सूचनाको हकको लागि राष्ट्रिय महासंघका कर्णाली प्रदेशको पहिलो भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सूचना पाउनुपर्ने सबै नागरिकको कर्तव्य भएकाले सार्वजनिक क्षेत्रका सबैले सूचनाको हकलाई जीवनशैलीका रूपमा देखाउनुपर्ने बताएका हुन्।

सूचनाको हकलाई जीवनमा राखेर पारदर्शी भएर यसलाई जीवनयन्त बनाउन जरुरी रहेको मुख्यमन्त्री कँडेलले बताए। ‘मैले पाएको जिम्मेवार ठाउँमा छु। तपाईंले उठाएका मुद्दा म सम्बोधन गर्छु।’ उनले भने,‘सूचनाका हकका विषयमा सबै नागरिकले थाहा पाउनु अहिलेको आवश्यकता हो।’

सूचना दिनु सबै सार्वजनिक निकायको दायित्व भएको मुख्यमन्त्री कँडेलले बताए।

‘केही सामाजिक मान्यता कारणले कर्णालीका अगुवामा त्यसको छाप पनि पर्छ।’ उनले भने,‘सूचनाको हक आवश्यक रहेको छ। यो अभियान कोहीले सकैलाई देखाएर भन्दा दुरुपयोग हुने रहेको छ। सही कामका लागि तपाई लाग्नुहोस र आवश्यक रहेको छ।’

अहिले सूचनाको सही प्रयोग नहुँदा विश्वनियता गुम्दै गएको मुख्यमन्त्री कँडेले चिन्ता व्यक्त गरे। ‘सामाजिक सञ्जालका कारणले अहिले नागरिकले सही सूचना पाएका छैनन्। त्यसलाई बदल्न आवश्यक रहेको छ।’ उनले भने,‘सामाजिक सञ्जाल अहिले भाइरल जमाना रहेको छ । त्यही भएर सत्य के हो–असत्य के हो नागरिकले थाहा पाउन सकेका छैनन्।’

मिडिया रिडिङ फरक ढंग हामी सूचना माग्दै गर्दा अरू पनि केही मागिरहेका छौ कि त्यस विषयमा सोच्ने बिषय भएको कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले बताए।

‘सूचना हकको प्रयोग गरेर अहिले दुरुपयोग गर्ने काम भइरहेको पनि हुनसक्छ। त्यसतर्फ सबैले सचेत हुन जरुरी रहेको छ।’ उनले भने,‘सूचनाको हक प्रयोग गर्ने सबै नागरिकको अधिकार हो। तर, अहिले सूचनाको हक प्रयोग गरेर केहीले धम्काउने काम पनि हुन थालेको छ।’

नेपालको संविधानमा नै सूचनाको हकका विषयमा उल्लेख भएका कारणले यसको प्रयोगमा सबैले ध्यान दिन आवश्यक रहेको र सूचना हकले नागरिक सचेतना आउने कर्णाली प्रदेशसभाका उपसभामुख यसोदा न्यौपाने बताइन्।

‘नागरिकमा सचेतना ल्याउन र जिम्मेवार निकायलाई सचेत बनाउनका लागि सूचनाको हक पाउने अधिकार संबिधानमा उल्लेख गरिएको छ ।’ उनले भनिन्,‘यसको सदुपयोग हुन सकेको खण्डमा नागरिकले सही सूचना पाउन सक्छन्।’

सूचना हक सम्बन्धी २०४६ सालमा आएको प्रजातन्त्रकालपछि हुने गरेको भएपनि यसको कानुनी रूपमा मान्यता पाएको १६ वर्ष पुगेको अहिले सूचनाको हककै कारणले केही उदाहणीय काम समेत भएको सूचनाको हकको लागि राष्ट्रिय महासंघका अध्यक्ष उमित बागचन्दले बताए।

‘सूचना हक प्रयोग गरेर केही राम्रा काम पनि भएका छन् ।’ उनले भने,‘सूचनाको हकको प्रयोग सबै नागरिकले गर्न पाए सुशासनको कडीमा फराकिलो आउने थियो।’

यस्तै कर्णाली प्रदेश प्रथम महाधिवेशनबाट अध्यक्षमा खगेन्द्र भट्टराई, उपाअध्यक्ष, लक्ष्मी भण्डारी, गणेश बानिया, महासचिव नविन शाही , सचिव रमा केसी,दुर्गा लम्साल, कोषाअध्यक्ष सिजृना बुढाथोकी र सदस्यमा बलेन्द्र ओली, गीता कुमारी पुन मगर, पुष्पराज भटेराई, हेमराज पुन, देउराम बटलारजनी योगी, नन्दराम जैसी सहित १५ जना कार्यसमिति चयन भएका छन्।

प्रकाशित: ९ असार २०८१ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =