कति छ आजको डलर, पाउन्ड र दिनारको भाउ?

हिमाल प्रेस ९ असार २०८१ ७:५७
6
SHARES
कति छ आजको डलर, पाउन्ड र दिनारको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् शनिबार भएकै कारोबार मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा निर्धारण भएको छ। आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ।

प्रकाशित: ९ असार २०८१ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =