कोशीको बजेट पारित, खर्च कटौतीको प्रस्ताव अस्वीकृत

हिमाल प्रेस ८ असार २०८१ १९:५५
8
SHARES
कोशीको बजेट पारित, खर्च कटौतीको प्रस्ताव अस्वीकृत आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर बजेट वक्तव्य पढ्दै। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेश सरकारले संसद्मा पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ।

शुक्रबार राति ९ बजेसम्म बजेटमाथिको छलफलपछि आज बसेको प्रदेशसभाको १३औँ बैठकले विनियोजन विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो।

असार १ गते सरकारले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकाे थियाे। असार ४ गतेबाट बजेटमाथि छलफल सुरु भएको थियो। चार दिन लगातार छलफलपछि बजेट पारित भएको हो।

बजेट पारित गर्नुअघि नेपाली कांग्रेस सांसद गोपाल तामाङ र राप्रपा सांसद सविना बजगाईँले पेस गरेको खर्च कटौतीको प्रस्ताव भने अस्वीकृत भएको थियो।

कोशीको बजेट ३५ अर्ब २७ करोड [पूर्णपाठसहित]

प्रकाशित: ८ असार २०८१ १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =