सन्दीप, दीपेन्द्र र रोहितले क्यानडा टी-२० लिग खेल्ने

हिमाल प्रेस ८ असार २०८१ ११:४८
2
SHARE
सन्दीप, दीपेन्द्र र रोहितले क्यानडा टी-२० लिग खेल्ने

काठमाडौँ- तीन नेपाली खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन्।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन्।

ऐरी र सन्दीप यो प्रतियोगिता दोस्रो पटक खेल्दैछन्। यता रोहित पहिलो पटक अनुबन्धन भएका हुन्।

ऐरी र लामिछाने भ्यानकुभर नाइट्सबाट खेल्दैछन्। उनीहरूको टोलीमा बाबर अजाम, मोहम्मद रिजवानदेखि हर्ष ठाकेरसम्म छन्।

यता रोहित अनुबन्धित टोरोन्टो नेसनल्समा साहिन साह अफ्रिदी, रोमारियो सेफार्डलगायतका खेलाडी छन्।

 

प्रकाशित: ८ असार २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =