२ अंक बटुलेर वेस्ट इन्डिजले देखायो सेमिफाइनलको सम्भावना, अमेरिका अंकविहीन

हिमाल प्रेस ८ असार २०८१ १०:१५
18
SHARES
२ अंक बटुलेर वेस्ट इन्डिजले देखायो सेमिफाइनलको सम्भावना, अमेरिका अंकविहीन

काठमाडौँ- अमेरिकामाथि सानदार जित निकाल्दै वेस्ट इन्डिजले आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनल सम्भावना कायमै राखेको छ।

पहिलो खेलमा स्तब्ध वेस्ट इन्डिजले अमेरिकामाथि जित निकाल्दा २ अंक बटुलेको छ। यता अमेरिका दुई खेलबाट अंकविहीन छ।

सुपर ८ को समूह ‘बी’मा २ खेलबाट ४ अंक बटुलेको दक्षिण अफ्रिका शीर्षमा पुगेको छ। यता इंग्ल्यान्ड २ खेलबाट एक जित निकाल्दै वेस्ट इन्डिजसँग अंक तालिकामा बराबरीमा छ। यद्यपि इंग्ल्यान्डभन्दा वेस्ट इन्डिज रन रेटमा अघि छ।

शनिबार बिहानको खेलमा वेस्ट इन्डिजले अमेरिकामाथि १० दशमलव ५ ओभरमा ९ विकेटको जित निकाल्यो।

वेस्ट इन्डिजको जितका लागि शाही होप एक्लैले ८२ रनको पारी खेले। अविजित होपले ३९ बलमा ८ छक्का र ४ चौकासहित विष्फोटक ब्याटिङ गरे। जोन्सन चार्ल्स १५ रनमा आउट हुँदा विकेट किपर ब्याट्सम्यान निकोलश पुरनले २७ रन जोडेर टिमलाई जिताए।

६ बलर प्रयोग गरेको अमेरिकाका लागि हर्मित सिंहबाहेक अरू कसैले विकेट हात पार्न सकेनन्।

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १९ दशमलव ५ ओभरमा १२८ रन बनायो।  अमेरिकाका एन्ड्रिस गोसले २९, नितिश कुमारले २०, मिलिन्द कुमारले १९, श्याडली भान श्यालवाएकले १८, अली खानले १४ र बरोन जोन्सले ११ रनको योगदान गरे ।

अमेरिकालाई सस्तैमा समेट्न वेस्ट इन्डिजका बलर रोस्टन चेस र आन्द्रे सरलले ३-३ विकेट लिए। जल्जारी जोसेफले २ विकेट हात पार्दा गुडाकेस मोतीले एक विकेट लिए।

प्रकाशित: ८ असार २०८१ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =