सहरमा आज

थिएटरमा दुई नाटकसहित हलमा छ नेपाली, पाँच हिन्दी र तीन अंग्रेजी फिल्म

हिमाल प्रेस ८ असार २०८१ ६:३१
24
SHARES
थिएटरमा दुई नाटकसहित हलमा छ नेपाली, पाँच हिन्दी र तीन अंग्रेजी फिल्म

काठमाडौँ- असारको दोस्रो शनिबार। हामीले सधैझैँ उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनात्मकसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता उपत्यकाका नाटकघरमा दुई नाटक मञ्चन भइरहेको छ। ‘प्ले द सिस्टम’ र ‘चिन्ता’। विभिन्न हलमा भने स्वदेशी र विदेशी फिल्मको वर्चश्व छ। हलमा छ नेपाली, पाँच हिन्दी र तीन अंग्रेजी फिल्म गरी १४ फिल्म प्रदर्शन भइरहेका छन्।

कौसीमा ‘प्ले द सिस्टम’
टेकुस्थित कौसी थिएटर (कथा घेरा)मा असार ६ देखि नाटक ‘प्ले द सिस्टम’ मञ्चन भइरहेको छ। नाटक थेरेसा रेबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’को नेपाली रुपान्तरण हो।नाटकको निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्। प्रियंकरले नेपालीमा अनुवाद गरेको नाटकमा इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोसनी स्याङ्बो, सुरज मल्लको अभिनय छ। नाटक असार ३१ सम्म मञ्चन हुने नाटक आज भने दिउँसो १ बजे र साँझ साढे पाँच बजेको दुई सो हुुनेछ।

ओस्कार कलेजमा नाटक ‘चिन्ता’
सुकेधारास्थित ओस्कार अन्तराष्ट्रिय कलेजमा असार पाँचदेखि नाटक ‘चिन्ता’ चलिरहेको छ। नाटक साहित्यकार बालकृष्ण समको ‘चिन्ता’ नाटकमा आधारित छ। सुदीप तिमल्सिनाले निर्देशन गरेको नाटकमा कलेजकै १६ औँ ब्याचका विद्यार्थीहरुको अभिनय छ। असार ९ गतेसम्म मञ्चन हुनेछ। साताको प्रत्येक दिन दिउँसो ४ बजे मञ्चन भइरहेको नाटक शनिबार दिउँसो १ बजेको सो हुनेछ।

हलमा छ नेपाली, पाँच हिन्दी र तीन अंग्रेजी फिल्म

नेपाली फिल्म ‘आचार्य’

प्रशान्त रसाइलीको निर्देशनमा बनेको बायोपिक फिल्म ‘आचार्य’ असार ७ देखि हलमा प्रदर्शन भइरहेको छ। यो भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म हो। फिल्ममा भक्तराजका जेठा छोरा गायक सत्यराज आचार्य मुख्य भूमिकामा छन्। त्यस्तै कलाकार अरूणा कार्की भक्तराजको पत्निको भूमिकामा छिन्। १३ वर्षपछि पुनः प्रदर्शन गरिएको हाे।

फिल्म शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मलमा फिल्मको एक सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘आचार्य’ चलिरहेको छ।

दान्भी
फिल्म ‘दान्भी’ असार ७ देखि हलमा प्रदर्शन भइरहेको छ। रूपेश तामाङको निर्देशन रहेको फिल्म प्रेमकथामा आधारित छ। फिल्ममा पूजा शर्मा, कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको अभिनय छ। अभिनेत्री पूजाले फिल्ममा पहिलोपटक एक्सन भूमिका निभाएकी छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिभिल मल, राइजिङ मल र छाया सेन्टरमा फिल्मको १४ सो छ।
त्यस्तै, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेमाजमा फिल्म ‘दान्भी’ चलिरहेको छ।

बाटोः रोड टु डेथ

रोड थ्रिलर जनरामा बनेको फिल्म ‘बाटोः रोड टु डेथ’ जेठ ३२ देखि प्रदर्शन भइरहेको छ। फिल्ममा छोराछोरीप्रति बाआमाको माया र मानिसलाई नियन्त्रण गर्ने शक्ति पाउन उसकै मुटु खाने एक गिरोहको कथा प्रस्तुत गरिएको छ। मदन थापाको लेखन, सम्पादन र निर्देशनमा बनेको फिल्ममा कलाकार मिथिला शर्मा, आशान्त शर्मा, पशुपति राई, उप्पल झा, रक्षा थापा, सुलक्षण भारती, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरण शाहीको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल मल, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्समा फिल्मको एक सो छ।

गाउँ आएको बाटो

नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा कलाकार दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाउन खोजिएको छ। निर्देशक नवीन सुब्बा र महेश राईले फिल्मको पटकथा लेखेका छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत लबिम मल र छाया सेन्टरमा फिल्मको लबिम मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको सात सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनरत छ।

फर्की फर्की

जेठ १० देखि हलमा प्रदर्शन भइरहेको फिल्म ‘फर्की फर्की’ दोस्रो सातामा चलिरहेको छ। लभस्टोरी जनरामा बनेको फिल्ममा कलाकार अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा छन्। रोहित अधिकारीले निर्माण गरेको बनेको फिल्मका लेखक तथा निर्देशक सुयोग गुरुङ हुन्।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘फर्की फर्की’ चलिरहेको छ।

पुजार सार्की

जेठ १० देखि नै प्रदर्शनरत फिल्म ‘पुजार सार्की जातीय विभेदको विषयमा आधारित छ। फिल्ममा आर्यन सिग्देल, पदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू मुख्य भूमिकामा छन्। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्।

उपत्यकाको क्यूएफएक्स अन्तर्गत लबिम मल, सिभिल मल र छाया सेन्टरमा एक एक सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिजमा फिल्म ‘पुजार सार्की’ चलिरहेको छ।

हिन्दी फिल्म ‘इश्क विश्क रिबाउन्ड’

हिन्दी फिल्म ‘इश्क विश्क रिबाउन्ड’ असार ७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी जनरामा बनेको फिल्मका निर्देशक निपुन धर्माधिकारी हुन्। फिल्ममा रोहित सराफ, नैला ग्रवाल, आशिष सिंह लगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिभिल मल, राइजिङ मल र छाया सेन्टरमा फिल्मको १६ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्समा ‘इश्क विश्क रिबाउन्ड’ चलिरहेको छ।

चन्दु च्याम्पियन
एक्सन, बायोग्राफी र ड्रामा जनरामा बनेको हिन्दी फिल्म ‘चन्दु च्याम्पियन’ जेठ ३२ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक कवीर खान हुन्। फिल्ममा कार्तिक आर्यन र विजय राज मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, राइजिङ मल र छाया सेन्टरमा फिल्मको पाँच सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शन भइरहेको छ।

मुन्ज्या

हिन्दी फिल्म ‘मुन्ज्या’ हरर र कमेडी जनरामा बनेको छ। फिल्म जेठ २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। आदित्य सरपोतदारको निर्देशनमा बनेको फिल्ममा शर्वरी वाघ, अभय वर्मा, मोना सिंह, सुहास जोशीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल मल र राइजिङ मलमा दुई सो छ। एफक्यूब सिनेमाज र बिग मुभिज फिल्म ‘मुन्ज्या’ चलिरहेको अन्य हल हुन्।

सिस्टर एण्ड मिसेस माही

हिन्दी फिल्म ‘सिस्टर एण्ड मिसेस माही’ जेठ १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। दम्पत्तिको कथामा आधारित फिल्मको मुख्य भूमिकामा कलाकार राजकुमार राव र जान्वी कपुर छन्। फिल्मका निर्देशक शरण शर्मा हुन्। फिल्म ड्रामा जनरामा बनेको छ।
उपत्यकाको क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स र राइजिङ मलमा फिल्मको दुई सो छ।

अंग्रेजी फिल्म ‘फास्ट चार्ली’
अंग्रेजी फिल्म ‘फास्ट चार्ली’ असार सातदेखि नेपालमा प्रदर्शन भइरहेको छ। क्राइम जनरामा बनेको फिल्मका निर्देशक फिलिप नोइस हुन्। फिल्ममा पियर्स ब्राृस्नान, मोरेना बेकारिन, जेम्स क्यानलगायतको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्ससिनेमाज अन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, लबिम मलमा फिल्मको चार सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिजमा ‘फास्ट चार्ली’ चलिरहेको छ।

 

द एक्सोर्सिज्म
अंग्रेजी फिल्म ‘द एक्सोर्सिज्म’ असार ७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक जासुवा जोन मिलर हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिभिल मल, राइजिङ मल र छाया सेन्टरमा १२ सो छ। आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिजमा ‘द एक्सोर्सिज्म’ चलिरहेको छ।

द वाचर्स

अंग्रेजी फिल्म ‘द वाचर्स’ जेठ ३२ देखि नेपालमा प्रदर्शन भइरहको छ। हरर जनरामा बनेको फिल्मका निर्देशक इशाना श्यामलन हुन्। फिल्ममा डकोटा फ्यानिङ, जर्जिना क्याम्पबेल, ओल्वेन फ्युरे, सिओभान हेवलेटलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत छाया सेन्टर र लबिम मलमा फिल्मको दुई सो छ।

ब्याड ब्यायजः राइड अर डाइ

हलिउड फिल्म ‘ब्याड ब्यायजः राइड अर डाइ’ जेठ २५ देखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर र कमेडी मिश्रित फिल्मका निर्देशक आदिल अल अरबी र बिलाल फल्लाह हुन्। फिल्ममा विल स्मिथ, मार्टिन लरेन्स, भेनेसा हजेन्स, अलेक्जेन्डर लुडविग मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत लबिम मलमा फिल्मको एक सो छ।

प्रकाशित: ८ असार २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 17 =