काठमाडौँ– अवैध रूपमा भन्सार छली गरी ल्याएको सुनसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–८ का मोहमद दिलसाद खाँ, नवलपरासीका सन्तोष परियार र तनहुँका अन्जिल गुरुङ छन्। उनीहरूलाई काठमाडौंको सिनामंगलबार बिहीबार पक्राउ गरिएको हो।
कतारबाट हिमालय एयरलाइन्सको उडानमार्फत वैदेशिक रोजगारीबाट फर्किदै गरेका मोहमद दिलसादले ६९.८९० ग्राम तौलको अवैध सुन र ११.६५० ग्राम तौलको बेरुवा औँठी एक थान ल्याएका थिए। सोही सुन लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका परियार र गुरुङलाई समेत उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ।
प्रकाशित: ७ असार २०८१ १६:४८
प्रतिक्रिया