१७ वर्षकी नाबालिकामाथि जबरस्ती करणी : प्रहरी जवान सन्तोष पक्राउ

हिमाल प्रेस ७ असार २०८१ १४:११
2.7k
SHARES
१७ वर्षकी नाबालिकामाथि जबरस्ती करणी : प्रहरी जवान सन्तोष पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका जवान पक्राउ परेका छन्। १७ वर्षकी नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरी जवान २४ वर्षका सन्तोष बोट पक्राउ परेका हुन्।

नाबालिकाले आफूमाथि जबरजस्ती करणी भएको व्यहोराको जाहेरी पत्र दर्ता गरेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिए। पक्राउ परेका सन्तोष प्रहरी चौकी भार्तामा कार्यरत थिए। उनको घर कन्चनपुर हो।

घटनामा आफ्नै जवान मुछिएपछि प्रहरीका अधिकारीहरूले घटना लुकाउन हरप्रयास गरेको पनि देखिन्छ। जेठ १६ मा परेको जाहेरीमा नाबालिकामाथि अन्तिमपटक जेठ ११ गते जबरजस्ती करणी भएको उल्लेख गरेकी छन्। जवान सन्तोषलाई प्रहरीले जेठ १६ गते नै पक्राउ गरेको जनाएको छ। तर यसबारे सूचना प्रहरीले बाहिर ल्याएन। पीडित नाबालिका कक्षा आठमा पढ्छिन्।

‘यो घटना जेठकै हो। घटना प्रहरीले लुकाउनुपर्ने कुनै कारण छैन,’एसपी रिजालले हिमालप्रेससँग भने, ‘लुकाउने भए त अनुसन्धान नै हुन्थेन होलानि। हामी अनुसन्धान गरिरहेका छौँ।’

आफ्ना अभिभावक कोही नभएकी ति नाबालिकामाथि पटकपटक करणी भएको जाहेरीमा उल्लेख छ। नाबालिकाले प्रहरी चौकीको भान्सा कोठामा लगेर सन्तोषले पटकपटक जबरजस्ती करणी गरेको भनेकी छन्। उनले जाहेरीमार्फत अन्तिमपटक जेठ ११ गते आफू बस्दै आएको कटुन्जेस्थित छात्रबासको भान्सामा जबरजस्तीकरणी गरेको बताएकी छन्।

अनुसन्धानका क्रममा उनीहरूबीच ८ महिनाअघिदेखि चिनजान भएको पाइएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रकाशित: ७ असार २०८१ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =