सुपर-८ को पहिलो खेल : भारतले अफगानिस्तानलाई ४७ रनले हरायाे

हिमाल प्रेस ७ असार २०८१ ६:०२
16
SHARES
सुपर-८ को पहिलो खेल : भारतले अफगानिस्तानलाई ४७ रनले हरायाे

काठमाडाैँ- भारतले आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानमाथि जित हासिल गरेकाे छ। बिहीबार राति भएकाे सुपर-८ को पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ।

यो जितसँगै जारी टी-२० विश्वकपमा अपराजित रहेको भारतकाे एक खेल वर्षाका कारण अनिर्णित रह्यो। ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा भारतीय टीमका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए।

सूर्यकुमार यादवको अर्धशतक (५३ रन) को मद्दतमा भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएर अफगानिस्तानलाई १८२ रनको लक्ष्य दिएको थियो।

रन पछ्याउने क्रममा अफगानिस्तानको टीम २० ओभरमा १३४ रनमा अलआउट भयो। जसप्रित बुमराह र अर्शदीप सिंहले ३/३ विकेट लिए। कुलदीप यादवले २ सफलता हात पारे। अक्षर-जडेजाले पनि एक/एक विकेट लिए। अफगानिस्तानका लागि अजमातुल्लाह ओमजाईले सर्वाधिक २६ रन बनाए।

प्रकाशित: ७ असार २०८१ ६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =