१४ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

हिमाल प्रेस ६ असार २०८१ १७:३०
36
SHARES
१४ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका गजेन्द्र राय भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ बर्षीय युवक रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइ छिपाइ राखेको रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ।

प्रकाशित: ६ असार २०८१ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =