करेन्ट लागेर दाइको मृत्यु, भाइ घाइते

हिमाल प्रेस ६ असार २०८१ १७:०९
44
SHARES
करेन्ट लागेर दाइको मृत्यु, भाइ घाइते प्रतिनिधिमूलक तस्बिर

जनकपुरधाम- सर्लाहीको बरहथवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा नका १० का २१ वर्षीय आबोध ठाकुर रहेको प्रहरीले जनाएको छ।

बरहथवा ५ मा रहेको नेपाल टेलिकमको कार्यालयमा ज्यालादारीमा काम गर्ने ठाकुर र उनीसँगै काम गर्ने उनका भाइ आनन्द ठाकुर बिहीबार बिहान करिब ११ बजे करेन्ट लागेर घाइते भएका थिए ।

घाईते दुवै जनालाई उपचारका लागि बरहथवास्थित एडभान्स सञ्जिवनी अस्पतालमा पुर्‍याइएको थियो।

गम्भीर घाइतेको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि हरिवनस्थित सरस्वती अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर उनीसँगै घाइते भएका भाइको उपचार बरहथवास्थित एडभान्स सञ्जिवनी अस्पतालमै भइरहेको छ।

प्रकाशित: ६ असार २०८१ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =