कल्पनाले गाइन् देशको समसामायिक घटनामा आधारित गीत

हिमाल प्रेस ६ असार २०८१ १३:२४
28
SHARES
कल्पनाले गाइन् देशको समसामायिक घटनामा आधारित गीत

काठमाडौँ- बालगायिका कल्पना बिष्टले देशको समसामायिक घटनामा आधारित ‘सतीको श्राप’ बोलको गीत गाएकी छन्। रेशम सापकोटाको शब्द र संगीत रहेको गीतमा जताततै अशान्ति र झगडा फैलिरहेको देशको व्यथितिलाई केलाउने प्रयास गरिएको छ।

बुद्ध जन्मेको देशमा शान्ति खोज्न परिरहेको, बलात्कार र भ्रष्टाचारमा न्याय मरेको, युवा विदेश पलायनले गाउँमा दुःख पर्दा मलामीसमेत पाउन छोडेको, ग्रामीण घरहरुमा माकुराको जालोमात्र देखिन थालेको र देशको मौलिक संकृतिनै हराउँदै गएको  गीतमा भनिएको छ।

त्यस्तै, सतीले सरापेको देशमा रावण र कंशलेझैँ रामकृष्णको भेषमा शासन र सदनमा लडाई गरिरहेका नेताहरुले गर्दा महङ्गीको चपेटामा परेर अस्पताल देख्न नपाइ मरिरहेका विकटका नेपाली जनताको पीडालाई पनि समेटिएको छ।

राजु सुनामको संगीत संयोजनमा बनेको गीत विनोद परियारले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीत तरेली संगीत कुञ्ज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =