महिला संगठनकी अध्यक्ष अञ्जना शाह राप्रपाबाट अलग

हिमाल प्रेस ६ असार २०८१ १२:१४ | Thursday, June 20, 2024
महिला संगठनकी अध्यक्ष अञ्जना शाह राप्रपाबाट अलग

काठमाडौँ- लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रहेर राजनीति गरेकी अञ्जना शाह रावलले पार्टी छाडेकी छन्। उनले राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर उनले राजीनामा दिएकी हुन्। हाल उनी महिला संगठनकी अध्यक्ष थिइन्।

आफूलाई संगठनभित्रैबाट असहयोग गरेको आरोप लगाउँदै उनले पार्टी छाडेकी हुन्। उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन्। जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी उनी एक्लो संगठनकी अध्यक्ष थिइन्।

राप्रपाको आन्तरिक किचलोका कारण शाहले पार्टी छाडेको अनुमान गरिएको छ। ‘आन्तरिक किचलोले पार्टी छाड्नुभयो। यहाँले विज्ञप्तिमा पनि भन्नुभएको छ।’

राप्रपाका एक पदाधिकारीले भने,‘तर उहाँ(शाह)लाई राजीनामा फिर्ता लिन दबाब छ। महिलाहरूले पनि भनिरहनुभएको छ।’ यता पार्टी नेतृत्व भने यसबारे बोलेको छैन।

प्रकाशित: ६ असार २०८१ १२:१४ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast