इंग्ल्यान्डलाई वेस्ट इन्डिजको १८१ रनको लक्ष्य

हिमाल प्रेस ६ असार २०८१ ८:१४
4
SHARES
इंग्ल्यान्डलाई वेस्ट इन्डिजको १८१ रनको लक्ष्य

काठमाडौँ- आईसीसी टी २० विश्वकप २०२४ को सुपर ८ को खेलमा इंग्ल्यान्डलाई वेस्ट इन्डिजले १८१ रनको लक्ष्य दिएको छ।

सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो।

वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्स ३८, निकोलस पुरन र रोभम्यान पावेन ३६-३६ र शेरफेन रदरफोर्ड  २८ रन बनाएका थिए।

ब्रेन्डन किङ २३ रनमा रिटायर्ड हार्ड भएका थिए।

यता सुरुवाती बलिङमा उत्रिको इंग्ल्यान्डका लागि लियम लिभिङस्टोङ , मोइन अली, अदिल रसिद र जोफ्रा आर्चरले एक-एक विकेट लिएका थिए। खेलको दोस्रो इनिङ्स केहीबेरमा सुरु हुनेछ।

प्रकाशित: ६ असार २०८१ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =