युरो २०२४ : जर्मनी ‘अन्तिम १६’ पुग्ने पहिलो टोली

हिमाल प्रेस ६ असार २०८१ ७:३९
14
SHARES
युरो २०२४ : जर्मनी ‘अन्तिम १६’ पुग्ने पहिलो टोली

काठमाडौँ- जर्मनीले लगातार दोस्रो खेल खेल्दै युरो २०२४ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २-० ले पराजित गर्दै जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको हो।

दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ। यता पहिलो खेलमा स्वीट्जरल्यान्डसँग पराजित हंगेरी २ खेलमा अंकविहीन छ।

स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि कप्तान इल्के गुन्डागोनले ६७औं मिनेटमा जर्मनीका लागि दोस्रो गोल गरे।

जर्मनीले समूहको पहिलो खेलमा स्कटल्यान्डलाई ५-१ ले पराजित गरेको थियो ।

अब समूह को अन्तिम खेलमा जर्मनीले स्विट्जरल्यान्डसँग खेल्नेछ ।

प्रकाशित: ६ असार २०८१ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =