‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिकाको जित, हार्‍यो अमेरिका

हिमाल प्रेस ६ असार २०८१ ७:१९
8
SHARES
‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिकाको जित, हार्‍यो अमेरिका

काठमाडौँ- आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा आयोजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको छ।

गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा १ सय ७६ रन मात्र बनाउन सक्यो।

अमेरिकालाई कम स्कोरमा रोक्न कागिसो रवाडाले ३ विकेट लिए। केशव महाजन, एनरिच नोर्तेज तब्राहिज साम्सीले समान १ विकेट लिए।

अमेरिकाका एन्ड्रिस जोसले सर्वाधिक ८० रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्।

उनले ४७ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे। हरमित सिंहले ३, स्टेभन टेलरले २४ र कोरी एन्डरसनले १२ रन थपे। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो।

दोस्रो विकेटका लागि ओपनर क्वीनटन डी कक र कप्तान एडेन मक्रमले १ सय १० रनको विशाल साझेदारी गरेपछि दक्षिण अफ्रिकाले बलियो योगफल तयार पारेको हो।
क्वीन्टन डीककले ४० बलमा ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाए। कप्तान मक्रम ४६ रनमा क्याच आउट भए। उनले ३२ बलमा ४ चौका र १ छक्का हाने। अर्का ओपनर हिजा हेन्ड्रिकले २२ रन बनाउँदा क्याच आउट भए।

हेनरिच क्लासेन ३६ र ट्रिस्टन स्टुब्स २० रनमा अविजित रहे। डेभिट मिलर गोल्डेन डकआउट भए।

अमेरिकाका सौरभ नेत्रवल्कर र हरमीत सिंहले समान २ विकेट लिए। सुपर ८ मा आज दुई खेल हुनेछ।

प्रकाशित: ६ असार २०८१ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 19 =