कोशी प्रदेशसभा बैठक कांग्रेस र राप्रपाद्वारा बहिष्कार

हिमाल प्रेस ५ असार २०८१ १५:४४
8
SHARES
कोशी प्रदेशसभा बैठक कांग्रेस र राप्रपाद्वारा बहिष्कार कोशी प्रदेशसभा। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेशसभाको बैठक नेपाली कांग्रेस र राप्रपाले बहिष्कार गरेका छन्। बुधबार ११ बजेको बैठक सुरु हुनासाथ कांग्रेस र राप्रपाले विरोध जनाएको हो।

विनियोजन विधेयकमाथिको छलफलका लागि सुरु भएको कोशी प्रदेशसभाको बुधबारको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले सांसदहरूलाई अपमानित गरेर बजेट आएको भन्दै संसद् बैठक बहिष्कार गर्न बाध्य भएको बताए। उनले भने, ‘डेढ वर्ष बित्यो। सातौँ पटक सरकार बन्यो। यो अवस्था सिर्जना हुनुमा हामी कति जिम्मेवार बन्यौँ भन्ने तिर खोज्ने भन्दा पनि केही व्यक्तिहरूका लागि वडाका सदस्यले जस्तो आफ्नो क्षेत्रमा सीमित योजना राखिएका छन्। बजेटको समानता यही हो ?’

राप्रपाकी सांसद सविना बजगाईंले बजेटको सिलिङ सांसदहरूका लागि दिइएपनि पैतृक सम्पत्ति बाँडफाँड गरेजस्तो गरेको बताइन्। बजगाईंले भनिन्, ‘जनताको हितमा बजेट नआएको र अमुक व्यक्तिको क्षेत्रमा मात्रै बजेट पारिएको हुँदा राप्रपाले यो आर्थिक विधेयक माथि गम्भीर ध्यानाकर्षण गराउँदै सदन बहिष्कार गरेको घोषणा गर्दछु।’

प्रकाशित: ५ असार २०८१ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =