राष्ट्रपति स्वदेश फिर्ता

हिमाल प्रेस ५ असार २०८१ १०:४७
2
SHARE
राष्ट्रपति स्वदेश फिर्ता स्वीजरल्यान्ड भ्रमणबाट फर्किएका राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लगायत। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्वीट्जरल्यान्डको जेनेभा गएका थिए।

पौडेलको स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

राष्ट्रपति पौडेल जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजित ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रूपमा उभिएका थिए।

प्रकाशित: ५ असार २०८१ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =