टी-२० विश्वकपमा ‘सुपर ८’ का खेल आजदेखि : दक्षिण अफ्रिका र अमेरिका आमनेसामने हुँदै

हिमाल प्रेस ५ असार २०८१ ९:११
8
SHARES
टी-२० विश्वकपमा ‘सुपर ८’ का खेल आजदेखि : दक्षिण अफ्रिका र अमेरिका आमनेसामने हुँदै

काठमाडौँ- आईसीसी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर ८ का खेल हुँदैछन्।

सुपर ८ को पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्ने छन्।

यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे हुने छ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका आज पहिलो पटक खेल्न लागेका हुन्।

समूह चरणमा यस्तो रह्यो प्रदर्शन

समूह चरणमा ४ जित निकाल्दै समूह ‘डी’को विजेता बनेको साउद अफ्रिकालाई विश्वकपको दाबेदार टिम मानिन्छ।

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको साउथ अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि चार विकेटको जित निकालेको थियो।

तेस्रो खेलमा बंगलादेशमाथि ४ रनले विजयी भएको दक्षिण अफ्रिका नेपालसँगको चौथो खेलमा १ रनले विजयी भएको थियो।

समूह ‘ए’मा रहेको अमेरिका भने समूह चरणका दुई खेलमा जित, एक खेलमा अंक बाँडेको अमेरिका एक खेलमा हारसहित समूहको उपविजेता बन्दै सुपर ८ पुगेको हो।

पहिलो खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित निकालेको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानसँग सुपर ओभर खेलेको थियो।

पाकिस्तानसँग सुपर ओभरमा विजयी भएको अमेरिका तेस्रो खेलमा भारतसँग ७ विकेटले पराजित भयो। चौथो खेलमा भने भारतले आयरल्यान्डसँग अंक बाँडेको हो। अमेरिका पाँच अंक जोड्दै समूहको उपविजेता बनेर ‘सुपर ८’ पुगेको हो।

आयोजक अमेरिका र दक्षिण अफ्रिकाको सुपर ८ को पहिलो भिडन्तलाई रोचक रूपमा लिइएको छ।

सुपर ८ टोली २ समूहमा विभाजन

यी आठ टोली मध्ये समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन्। समूह २ मा दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज र इंग्ल्यान्ड छन्।
दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण छ।

सुपर आठको समूह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इंग्ल्यान्डसँग एक एक खेल खेल्ने छन्।

दुई समूहमा विभाजन गरिएका यी आठ टोली मध्ये दुवै समूहबाट शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्दा दुई टोली भने बाहिरिनेछन्।

प्रकाशित: ५ असार २०८१ ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =