राष्ट्रपति स्वदेश आइपुग्दै

हिमाल प्रेस ५ असार २०८१ ७:५४
6
SHARES
राष्ट्रपति स्वदेश आइपुग्दै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदैछन्।

उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान १० बजे काठमाडौँ आइपुग्नेछन्।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ।

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्यांक वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो। सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ।

दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते साँझ त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित: ५ असार २०८१ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =