घट्यो डलरको भाउ, कति छ कोरयन यनको मूल्य?

हिमाल प्रेस ५ असार २०८१ ६:३७
6
SHARES
घट्यो डलरको भाउ, कति छ कोरयन यनको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ थियो।

विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ७८ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५२ पैसा थियो। कोरियन यनको खरीदमूल्य नेपाली रुपैयाँ एक सय बराबर ९ दशमलव ६२ यन हो भने बिक्री मूल्य ९ दशमलव ६६ यन छ।

प्रकाशित: ५ असार २०८१ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =