संगीतमा चम्किँदै बालगायिका कल्पना बिष्ट , युट्युब ‘ट्रेन्डिङ’ मा सात गीत

सुस्मिता बजगाईं ४ असार २०८१ १९:४७
144
SHARES
संगीतमा चम्किँदै बालगायिका कल्पना बिष्ट , युट्युब ‘ट्रेन्डिङ’ मा सात गीत

काठमाडौँ– नेपाली गायन रियालिटी सो ‘द भ्वाइस किड्स’को दोस्रो सिजनबाट चर्चामा आएकी बालगायिका हुन् कल्पना बिष्ट। १२ वर्षअघि सुदूरपश्चिमस्थित बैतडीको सुनर्या गाउँपालिका-५ मा जन्मिएकी कल्पना यतिबेला नेपाली संगीतमा चम्किलो तारा बन्दै छिन्।

सुरिलो स्वरकी धनी कल्पनाको स्वरमा दैनिकजसो गीतहरू युट्युबमा सार्वजनिक भइरहेका छन्। युट्युबको म्युजिकतर्फ हेर्ने हो भने कल्पनाका सात गीत ट्रेन्डिङमा छन्।

उनलाई वसन्त थापा, विष्णु खत्री, नरेश जोगी, अलिफ खान, अर्जुन सापकोटा, नरेश खाती, सागर बीसीलगायत थुप्रै नेपाली संगीतमा क्षेत्रका चर्चित गीतकार तथा संगीतकारहरूले साथ दिइरहेका छन्।

कल्पनाको ‘सानी सानी छु’, पैसो, ‘नाइँ न भन ल’, ‘हेर्दा त सोझी छ’, ‘नीलो गगन’, ‘मेरो दुःख मेरो पीडा’, ‘रोग लाग्यो बैँसको’ बोलको देउडा गीत, ‘ए परदेशी दाजै’ बोलका गीत गाइसकेकी छन्।

यसअघि पनि विष्णु खत्रीको शब्द र संगीत, कल्पना र अर्जुन सापकोटाको स्वरमा ‘गैरी खेतलाई कुलो’, बीबी अनुरागीको शब्द र संगीत, सुप्रिम मल्ल ठकुरी र कल्पनाको स्वरमा ‘बझाङ बाजुरा’ गीत पनि निकै चर्चित बनेको थियो। केही गीत गाएपछि उनी गाउँ फर्किएकी थिइन्।

दर्शकले उनलाई खोजेपछि युट्युबर भोजराज थापाले केही समयअघि कल्पनालाई काठमाडौँ ल्याए।

यस्तो छ उनका ट्रेन्डिङका  सात गीत

मौरी रसैमा

अर्जुन सापकोटा र कल्पनाको स्वरमा रहेको ‘मौरी रसैमा’ बोलको दोहोरी गीत युट्युबको म्युजिकको ट्रेन्डिङ पहिलो नम्बरमा छ। जेठ २४ (६ जुन) गते युट्युबमा सार्वजनिक गीतले मंगलबार साँझसम्म साढे २७ लाखभन्दा बढीले हेरिसकेका छन्। करिब सात हजार प्रतिक्रिया आएको छ। अधिकांशले कल्पनाको उज्जवल भविष्यको कामना गरेका छन्।

रवीन लामिछानेको शब्द रहेको गीतमा गायक अर्जुनले संगीत भरेका छन् भने गीतमा कृष्ण विक ‘भान्जा’ को संगीत संयोजन छ। कुमार राणाले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

लेकमा फुल्यो लालीगुँरास

वसन्त सापकोटाको शब्द र संगीत रहेको ‘लेकमा फुल्यो लालीगुँरास’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेनिङ पाँचमा छ। कल्पनाकै जीवनकथा समेटिएको गीतमा बीबी अनुरागीको संगीत संयोजन र मिक्सिङ तथा मास्टरिङमा खडक बाजुराली छन्। गीत जेठ ३२ (१४ जुन) मा वसन्त थापाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

‘फूल रसैको’

कल्पना र सागर बीसीको स्वरमा सार्वजनिक ‘फूल रसैको’ बोलको गीत युट्युबको ट्रेन्डिङ नौ मा छ। गायक बीसीकै शब्द रहेको गीतमा सुमन ढकालले संगीत भरेका छन्। विमल क्षेत्रीले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा पवन परियारको संगीत संयोजन छ।

डालीमा बसेछ चरी

अर्जुन सापकोटा र कल्पनाको दोस्रो सहकार्यमा सार्वजनिक भएको ‘डालीमा बसेछ चरी’ बोलको दोहोरी गीतमा युट्युबतर्फको म्युजिकको ट्रेन्डिङ १२ मा छ। कृष्ण बस्यालको शब्द र नन्दु परियारको संगीत रहेको गीतको कुमार राणाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीत मुकु सुवेदी नामक युट्युबबाट सार्वजनिक गरिएको छ।

दिदीबहिनी

रचना रिमाल र कल्पनाको स्वरमा सार्वजनिक ‘दिदीबहिनी’ बोलको गीत ट्रेन्डिङ १५ मा छ। डा. विष्णुमूर्ति भट्टराईको शब्द रहेको गीतमा श्रीधर अधिकारीले संगीत भरेका छन्। विशाल निरौलाको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ रञ्चन राईले गरेका हुन्। गीत रचनाकै अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ।

दुख्ने मुटु

अलिफ खान र कल्पनाको स्वरमा सार्वजनिक ‘दुख्ने मुटु’ बोलको गीत पनि ट्रेन्डिङ २५ मा छ। सोनु लामाको शब्द र संगीत रहेको गीतमा संगीत संयोजन पवन रानाभाटले गरेका छन्। पवनले नै मिक्सिङ तथा मास्टरिङ गरेको गीत गायक अलिफको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

मनै मरिगो

श्रीधर अधिकारी र कल्पनाको स्वरमा ‘मनै मरिगो’ बोलको गीत ट्रेन्डिङ २६ मा छ। सन्तोष सापकोटाको शब्द रहेको गीतमा गायक श्रीधरलेनै संगीत भरेका छन्। विशाल निरौलाको संगीत संयोजन रहेको गीतको रञ्जन राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + one =