तिला नदीमा बेपत्ता युवाको शव सशस्त्रको गोताखोरले निकाल्यो

हिमाल प्रेस ४ असार २०८१ १६:१७
28
SHARES
तिला नदीमा बेपत्ता युवाको शव सशस्त्रको गोताखोरले निकाल्यो

काठमाडौँ- कालिकोट जिल्लाको महावै गाउँपालिका–५ तिला नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका व्यक्तिको शव असार ४ गते सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ। सोही गाउँपालिका–५ औवलगेला बस्ने ३० वर्षिय कवि पोख्रेल असार २ गते नुहाउने क्रममा सो नदीमा डुबेर बेपत्ता भएका थिए।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोर टोलीले आज दिउँसो ३:३० बजे शव फेला पारेको हो।

त्यसैगरी सिरहा जिल्लाको लहान नगरपालिका–१७ स्थित बलान खोलामा असार ४ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको खोजीकार्यको लागि सुरक्षा बेस लहानको फौज खटिए सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ४ असार २०८१ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =