मधेश सरकारले बालविकास केन्द्र व्यवस्थापनका लागि छुट्यायाे १ करोड २८ लाख

हिमाल प्रेस ४ असार २०८१ ११:१७
2.1k
SHARES
मधेश सरकारले बालविकास केन्द्र व्यवस्थापनका लागि छुट्यायाे १ करोड २८ लाख

काठमाडौँ- मधेश प्रदेश सरकारले सामुदायिक विद्यालयमा सञ्चालित बालविकास कक्षाको व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ।

शुक्रबार सरकारले आगामी आव २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दै बालविकास केन्द्र व्यवस्थापनका लागि बजेट विनियोजन गरेको हो।

प्रदेशसभामा अर्थमन्त्री भरतप्रसाद साहले बालविकास केन्द्र व्यवस्थापनका लागि १ करोड २८ लाख रुपैयाँ विनियोजन गरेको बताए।

‘प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा १ वटाका दरले सामुदायिक विद्यालयमा सञ्चालित बालविकास कक्षाको व्यवस्थापनमा सहयोगको लागि १ करोड २८ लाख विनियोजन गरेको छु’ साहले भने।

अर्थमन्त्री साहले शिक्षा तथा संस्कृतितर्फ २ अर्ब ९० करोड ५१ लाख ७६ हजार विनियोजन गरेका छन्।

प्रकाशित: ४ असार २०८१ ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =