सुनको भाउ स्थिर

हिमाल प्रेस ४ असार २०८१ ११:०२
2
SHARE
सुनको भाउ स्थिर

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि भएको छ।

सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने १५ बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित: ४ असार २०८१ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =