इनार सफा गर्दा सुर्खेतमा निस्सासिएर दुई जनाको मृत्यु

हिमाल प्रेस ३ असार २०८१ २१:४०
22
SHARES
इनार सफा गर्दा सुर्खेतमा निस्सासिएर दुई जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

सुर्खेत- इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको निस्सासिएर मृत्यु भएको छ।

सोमबार पिपरामा इनार सफा गर्ने क्रममा निस्सासिएर दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपरा बस्ने ३२ वर्षीय विद्युप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीय लक्ष्मीप्रसाद कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू बेहोस भएपछि प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो।

प्रकाशित: ३ असार २०८१ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =