सुर्तीजन्य पदार्थ नियमन गर्ने कानुनको प्रभावकारी कार्यान्यवन गर्न सुझाव

हिमाल प्रेस ३ असार २०८१ २०:१८
8
SHARES
सुर्तीजन्य पदार्थ नियमन गर्ने कानुनको प्रभावकारी कार्यान्यवन गर्न सुझाव

सुर्खेत- नेपालमा धूमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुन र कानुन कार्यान्वयनमा मिडियाको भूमिकाका विषयमा सरोकारवालासँग छलफल भएको छ। कार्यक्रम आउटरिच मिडियाले वीरेन्द्रनगरमा सोमबार आयोजना गरेको थियो।

कानुनले सुर्तीजन्य पदार्थको विज्ञापनमा पूर्ण रोक लगाएको र बिक्रीवितरण गर्ने कम्पनीले ९० प्रतिशत चेतावनीमूलक सन्देशसहितको चित्र राखेर मात्रै बिक्री गर्न मिल्ने बताउँदै आउटरिच मिडिया प्रमुख कल्पना आचार्यले यस सम्बन्धी बनेको ऐनको कार्यान्वयन फितलो भएको बताइन्।

नेपालमा ४८.३ प्रतिशत पुरुष, ११.६ प्रतिशत महिला गरी कुल २८ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको र जसकारण बर्सेनि २७ हजार बढी मानिसको सुर्तीजन्य रोगबाट मृत्यु हुने गरेको नेपाल सरकारको तथ्यांक छ।

प्रकाशित: ३ असार २०८१ २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =