बर्लिनको पर्खाल हेर्न पुगे राष्ट्रपति पौडेल

हिमाल प्रेस ३ असार २०८१ १७:४९
24
SHARES
बर्लिनको पर्खाल हेर्न पुगे राष्ट्रपति पौडेल पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाल सोमबार अवलोकन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल। तस्बिर : रासस

काठमाडौँ- जर्मनी भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन्। सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्य पनि सहभागी थिए।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन्। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा सोमबार भेटवार्ता हुने कार्यक्रम रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ।

स्विटजरल्यान्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि पौडेल जर्मनी भ्रमणमा गएका हुन्। रासस

प्रकाशित: ३ असार २०८१ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =