प्रत्येक स्थानीय तहमा एक-एक नमुना बालविकास केन्द्र कार्यक्रमलाई निरन्तरता

हिमाल प्रेस ३ असार २०८१ १५:३८
1.9k
SHARES
प्रत्येक स्थानीय तहमा एक-एक नमुना बालविकास केन्द्र कार्यक्रमलाई निरन्तरता बालविकास कक्षा। फाइल तस्बिर।

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले  प्रत्येक स्थानीय तहमा एक-एक वटा बालविकास केन्द्रलाई नमूना बालविकास केन्द्रको रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएकाे छ।

शुक्रबार सरकारले आगामी आव २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो।

प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रस्तुत बजेट वक्तव्यमा भनिएको छ,‘प्रत्येक स्थानीय तहमा एक/एक वटा बालविकास केन्द्रलाई नमूना बालविकास केन्द्रको रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु। यस कार्यक्रमका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको छु।’

सरकारले आगामी आवका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट सार्वजनिक गरेकाे छ।

‘बालविकास शिक्षकलाई समयोचित तालिम र तलब दिइयाेस्’

प्रकाशित: ३ असार २०८१ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =