टी-२० विश्वकप २०२४ का ‘सुपर ८’ टोली सुनिश्चित

हिमाल प्रेस ३ असार २०८१ १०:५२
26
SHARES
टी-२० विश्वकप २०२४ का ‘सुपर ८’ टोली सुनिश्चित

काठमाडौँ- बंगलादेशसँग नेपाल पराजित भएसँगै अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप २०२४ को सुपर ८ समीकरण पूरा भएको छ।

समूह डी अन्तर्गतको आजको खेलमा नेपाल बंगलादेशसँग हार्दा उता अर्को खेलमा नेदरल्यान्ड्स श्रीलंकासँग पराजित बनेको थियो।

समूह ए

समूह ए बाट भारत र अमेरिकाले सुपर ८ मा स्थान बनाएका छन्। भारतले ४ खेलबाट ३ मा जित निकाल्दै ७ अंक बटुलेर सुपर ८ पुगेको हो।

अमेरिका ४ खेलबाट दुई जित र एक हारका साथ ५ अंक बटुलेर सुपर ८ मा पुगेको हो। अमेरिका र आयरल्याडबीचको खेल खराव मौसमका कारण रद्द हुँदा अमेरिकाले सुपर ८ मा अवसर पाएको हो। जुन खेल रद्द हुँदा पाकिस्तान बाहिरिएको थियो।

समूह बी
समूह बीबाट अस्ट्रेलिया र इंग्ल्यान्ड सपुर ८ मा पुगेका छन्। अस्ट्रेलिया ४ खेलबाट अपराजित बन्दै ८ अंक बटुलेर सुपर ८ पुगेको हो। अस्ट्रेलिया समूह विजेता बनेर सुपर ८ पुग्दा इंग्ल्यान्ड ४ खेलबाट २ मा जित र एक हार ब्यहोर्दै ५ अंक बटुलेर सुपर ८ पुगेको हो। स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेलमा भने अंक बाँड्दा इंग्ल्यान्यान्डलाई फाइदा पुगेको हो।

समूह सी

समूह सीमा पनि अफगानिस्तान र वेस्ट इन्डिज सुपर ८ मा पुगेका छन्। ३ खेलबाट ३ जित निकाल्दै ६ अंक बटुलेर अफगानिस्तान सुपर ८ पुगेको हो।

जहाँ वेस्ट इन्डिज पनि ३ खेलबाट समान ६ अंक बटुल्दै सुपर ८ पुगेको हो। यो समूहमा अफगानिस्तान र वेस्ट इन्डिजले एक। एक खेल खेल्न बाँकी छ। यद्यपि युगान्डा, पीएनजी र न्यूजिल्यान्ड कमजोर अंकका कारण सुपर ८ दौडबाट बाहिरिएका छन्।

समूह डी
नेपाल रहेको यो समूहबाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुगेका छन्।

जहाँ दक्षिण अफ्रिका ४ खेलबाट ४ जित निकाल्दै ८ अंक बटुलेर र बंगलादेश ४ अंकबाट ३ जित र एक हारसहित ६ अंक बटुलेर सुपर ८ मा पुगेका हुन्।

विश्वकपको सुपर ८ पुग्ने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

सुपर ८ का खेलहरु २० जुनबाट सुरु हुनेछ। सेमिफाइनल खेल २७ जुनमा हुनेछ। फाइनल खेल जुन २९ मा हुनेछ।

सुपर ८ को ग्रुप ए मा समूह ए र सी को विजेता तथा समूह बी र डी को उपविजेता टोली छन्। अर्को समूहमा समूह ए र सी को उपविजेता तथा समूह बी र डी को उपविजेता टोली छन्।

सुपर ८ को समूह ए मा भारत, अफगानिस्तान, अस्ट्रेलिया र बंगलादेश रहेका छन्। समूह बी मा आयोजक वेस्ट इन्डिज र अमेरिकासँगै दक्षिण अफ्रिका र इंग्ल्यान्ड छन्।

प्रकाशित: ३ असार २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =