सत्ता समीकरणमा कुनै समस्या छैन : गृहमन्त्री लामिछाने

हिमाल प्रेस २ असार २०८१ २१:००
46
SHARES
सत्ता समीकरणमा कुनै समस्या छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नभएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनले बजेटका विषयलाई लिएर सत्तारुढ दलभित्र केही असन्तुष्टि भए पनि समीकरणमा कुनै समस्या नभएको बताएका हुन्।

गणतन्त्र दिवसका अवसरमा राससको केन्द्रीय कार्यालयमा जारी विकास र पूर्वाधारसम्बन्धी तस्बिर प्रदर्शनी अवलोनकनपछि उनले बजेटका विषयमा केही असन्तुष्टि भएको बताए।

‘बजेटका विषयमा र यसको तौरतरिकाका सवालमा सत्तारुढ दलभित्र असन्तुष्टि जरुर छ, जुन ढंगले हामीले बजेट ल्याइरहेका छौँ, यसमा प्रक्रियागत सुधारका कुराहरु छन्,’ उनले भने, ‘कतिपय सन्दर्भमा कर्मचारीतन्त्रका समस्याले पनि असन्तुष्टि आएका हुन सक्छन् तर सत्ता समीकरणमा कुनै समस्या आएको परिस्थिति होइन।’

यस्तै उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिका लागि अन्तिम चरणमा पुगेको बताए। उनले शीर्ष राजनीतिक तहमा यसले चाँडै प्रवेश पाउने उनको भनाइ छ।

‘वास्तवमा अन्तर्राष्ट्रिय मानव अधिकारका मूलभूत सिद्धान्त र पीडितमैत्री भएर शीर्ष नेतृत्व र पुराना ठूला दल एक ठाउँमा उभिँदा सहमति हुन्छ,’ उनले भने, ‘उहाँहरूमा यसलाई राजनीतिक विषय नबनाउने प्रतिबद्धता भने चाहिन्छ। सत्तामा भएको र नभएको भन्ने आधारमा आफ्ना दलीय तर्क र भनाइलाई फरक फरकरुपमा प्रस्तुत गरिनुहुन्न। यसलाई दलगत लाभ हानिको विषय नभई पीडितमैत्रीरुपमा सम्बोधन गर्न खोज्दा सहमतिमा पुग्न सकिन्छ।’

प्रकाशित: २ असार २०८१ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =