करोडौं रकम ठगीको आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ

हिमाल प्रेस २ असार २०८१ १३:४०
70
SHARES
करोडौं रकम ठगीको आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ

काठमाडौँ- सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ बचतकर्ताहरूको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरी नेपाल प्रहरीले सार्वजनिक गरेको छ।

आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनका क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष ४४ की सजना राजकर्णिकार, वर्ष ४७ का सञ्जय सापकोटा, वर्ष ५३ का भीमसेन महर्जन रहेको बताए।

तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाडौँ गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन्। त्यस्तै काठमाडौँ कीर्तिपुरका महर्जन र काठमाडौँ चाबहिलका सापकोटा संस्थाका सदस्य रहेको बताए।

उनका अनुसार थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउन्टेन्ट र संस्थापक सदस्य रहेको, २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष रहेको, २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीको अध्यक्ष रहेको, २०७० देखि अन्नपूर्ण किसान फिड एन्ड फर्टिलाइजेसन उद्योगको अध्यक्ष, २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ सालदेखि गोर्खा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष, २०७४ सालदेखि यति हर्ब्स प्रा.लि.को अध्यक्ष, २०७१ सालदेखि इन्टेन्सिभ एग्रिकल्चर कम्पनी प्रा.लि.को अध्यक्ष, २०६६ देखि कृषि इन्भेस्टमेन्ट प्रा.लि.को अध्यक्ष, २०७० देखि कृषि फ्रेस प्रा.लिको अध्यक्ष र २०७६ देखि यति टेक्निक प्रा.लि.को अध्यक्ष रहेको पाइएको छ।

निजमाथि जिल्ला प्रहरी परिसर काठमाडौँमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरू रहेका छन्। निजमाथि ५६६ जनाले जाहेरी दर्ता गरेका छन्। निजहरूले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ।

निजउपर ६५ वटा जाहेरी परेको प्रहरीले बताएको छ। त्यस्तै पीडित बचतकर्ताहरू २ हजार ५ सय ३१ र जिम्मा निक्षेत्र २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ। निजहरूबाट मोबाइल ६ थान, पेनड्राइभ ३ थन, हस्ताक्षरसहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फर्मको छाप एक थान र प्रतिवादी तेजविक्रम थपाले राज ठकुरीको नाममा बनाएको गोर्खा टीभीको परिचय पत्र बरामद भएको प्रहरीले बताएको छ।

प्रकाशित: २ असार २०८१ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =