क्याम्पस प्रमुख हत्याबारे छानबिन गर्न सांसदहरूको माग

हिमाल प्रेस २ असार २०८१ १२:५२
30
SHARES
क्याम्पस प्रमुख हत्याबारे छानबिन गर्न सांसदहरूको माग संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको आइतबारको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहलाई गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न माग गरिएको छ।

बैठकको आकस्मिक समयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले एकपछि अर्को यस्ता व्यक्ति हत्याका घटना भएको भन्दै क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको घटनाको घोर भर्त्सना  गरेका हुन्। कुशवाह एक प्राज्ञिक र सरल व्यक्ति भएको मैनालीले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पनि क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए। ‘शिक्षण सेवामा लागेका ‘गुरु’ हरूको दिनदहाडै गोली प्रहार गरी हत्या हुनु दुर्भाग्य हो। मधेश प्रदेशमा गत सातामात्रै चारजनाको गोली हानी हत्या भएको छ। जघन्य अपराधका घटनाको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने।

प्रकाशित: २ असार २०८१ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =