वडाध्यक्षले नगरसभा बैठक बहिष्कार गरेपछि बालेनको टिप्पणी : तीन नेताले जनप्रतिनिधिलाई बोल्न रोके

हिमाल प्रेस २ असार २०८१ ११:०२
34
SHARES
वडाध्यक्षले नगरसभा बैठक बहिष्कार गरेपछि बालेनको टिप्पणी : तीन नेताले जनप्रतिनिधिलाई बोल्न रोके काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर

काठमाडौंँ- काठमाडौँ महानगरपालिकाको १५ औँ नगरसभा स्थगित भएको छ। नगरसभाको अर्को बैठक असार १० गते सम्मका लागि स्थगित गरिएको महानगरले जनाएको छ।

कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो।

कांग्रेस र एमालेका वडाध्यक्षहरूले नगरसभाको बैठक बहिष्कार गरेर सभाहलबाट निस्किएपछि नगरसभा स्थगित गरिएको छ।

असार १० गते फेरि नगरसभा बस्ने गरी बैंठक स्थगित भएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

यता मेयर बालेन्द्र शाह (बालेन)ले भने ३ शीर्ष नेताले जनप्रतिनिधिको बोल्ने अधिकार हनन गरेको आरोप लगाएका छन्। उनले सामाजिक सन्जालमा सबै जनप्रतिनिधि कुनै नेताको उपनेताका रूपमा नआउन समेत अनुरोध गरेका थिए।

‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ। यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ,’ उनले भने,‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ।’

यसअघि मेयर शाहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए। तर एमाले र कांग्रसका वडाध्यक्षले केही प्रतिक्रिया नदिई बैंठक छाडेका थिए।

नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौँ महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने कार्यसूची थियो। तर बैंठक नै स्थगित भएपछि आगामाी साता मात्र यस विषयमा छलफल गरी पारित गर्ने प्रवक्ता नविनको भनाइ छ।

प्रकाशित: २ असार २०८१ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =