अस्ट्रेलियासँगको हारले रोकियो स्कटल्यान्ड, इंग्ल्यान्ड ‘सुपर ८’ मा

हिमाल प्रेस २ असार २०८१ १०:०८
12
SHARES
अस्ट्रेलियासँगको हारले रोकियो स्कटल्यान्ड, इंग्ल्यान्ड ‘सुपर ८’ मा

काठमाडौँ-  अस्ट्रेलियाले ५ विकेटको जित निकालेसँगै आईसीसी टी-२० विश्वकपबाट स्कटल्यान्ड बाहिरिएको छ। स्कटल्यान्डले दिएको १८१ रनको लक्ष्य २ बल बाँकी छदै अस्ट्रेलियाले पूरा गरेसँगै स्कटल्यान्ड बाहिरिएको हो।

अस्ट्रेलियाको जितका लागि ट्राविस हेड र मार्कस स्टोइनिस नायक बने। ओपनर हेडले ४९ बलमा ६८ रनको अर्धशतकीय पारी खेल्दा स्टोइनिसले २९ बलमा ५९ रनको अर्को अर्धशतकीय इनिङ खेले।

अस्ट्रेलियाको जितले समूह ‘बी’को अर्को टोली इंग्ल्यान्डको सुपर ८ सुनिश्चित बनेको छ। रनरेटका आधारमा इंग्ल्यान्ड सुपर ८ मा पर्दा स्कटल्यान्ड स्तब्ध बनेको हो।

इंग्ल्यान्ड ५ अंक सहित ३ दशमलव ६११ रन रेटमा स्कटल्यान्डभन्दा अघि छ भने बाहिरिएको स्कटल्यान्डको समान ५ अंक सहित १ दशमलव २५५ मात्र रनरेट छ।

अस्ट्रेलियाको जितका लागि हेड र स्टोइनिसका अतिरिक्त टिम डेभिडले २८ र ग्लेन म्याक्स वेलले ११ रन थपे। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। स्कटल्यान्डका सफ्यान शरिफ र मार्क वाटले २-२ विकेट लिए। बार्ड वीलले थप एक

विकेट झारे।

सेन्ट लुसियामा टस जितेर सुरुवाती ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो।

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलनले ३४ बलमा २ चौका र ६ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय इनिङ खेले। ओपनर जर्ज मुन्सेले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए। तेस्रो विकेटका लागि मुन्से र म्याकमुलनले ४८ बलमा ८९ रनको महत्वपूर्ण साझेदारी गरे।

कप्तान रिचि बेरिङ्गटनले ३० बलमा ४१ तथा म्याथ्यु क्रसले ११ बलमा १८ रन बनाए।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले दुई तथा अस्टन अगर, नाथन एलिस र एडम जाम्पाले समान एक एक विकेट लिए।

 

प्रकाशित: २ असार २०८१ १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =