मधेश प्रदेशको बजेट चालु आवको भन्दा थाेरै

हिमाल प्रेस १ असार २०८१ २२:१५
14
SHARES
मधेश प्रदेशको बजेट चालु आवको भन्दा थाेरै प्रदेशसभा बैठकमा शनिबार आव २०८१/८२ का लागि बजेट पेस गर्दै प्रदेश सरकारका अर्थमन्त्री भरत साह। तस्बिर : हिमालप्रेस

जनकपुरधाम– मधेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि लागि बजेट प्रस्तुत गरेको छ। प्रदेश सरकारका अर्थमन्त्री भरत साहले शनिबार प्रदेशसभा बैठकमा कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षभन्दा २२ करोड २४ लाख ६२ हजारले कम हो। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेटको ३६.४५ प्रतिशत अर्थात् १६ अर्ब ७ लाख १ हजार चालुतर्फ बजेट विनियोजन गरेको छ। पुँजीगततर्फ ६३.५५ प्रतिशत अर्थात् २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक स्रोतको राजस्वबाट ९ अर्ब ७ करोड ३० लाख, चालु आर्थिक वर्षको नगद मौज्दात ७ अर्ब ८६ करोड २१ लाख ७० हजार, अनुदानतर्फ समानीकारण अनुदान ७ अर्ब ७९ करोड, ९२ लाख, स:सर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख गरी कुल ११ अर्ब ३५ करोड ७० लाख, संघीय राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड बजेट व्यवस्थापनमा प्रयोग गरिनेछ। त्यस्तै कम रहन गएको २ अर्ब न्यून रकम आन्तरिक ऋणबाट उपर गरिने अर्थमन्त्री साहले बताए।

मधेश प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १३ अर्ब ११ करोड ५२ लाख ७४ हजार रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मनत्रालयका लागि ५ अर्ब २१ करोड ६५ लाख, उद्योग, वाणिज्य तथा मन्त्रालयका लागि २ अर्ब ९८ करोड ५२ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ७९ करोड १९ लाख, वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ४२ करोड ४० लाख २२ हजार बजेट विनियोजन गरिएको छ।

ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयका लागि ५ अर्ब १७ करोड ९६ लाख ४२ हजार, शिक्षा तथा संस्कृति मन्त्रालयका लािग २ अर्ब ९० करोड ५१ लाख ७६ हजार, खेलकुद तथा समाज कल्याण मन्त्रालयका लागि १ अर्ब ९५ करोड ८३ लाख ५० हजार र श्रम तथा यातायात मन्त्रालयका लागि ९९ करोड ९७ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रकाशित: १ असार २०८१ २२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =