चीनमा तटरक्षाको नयाँ नियम लागू

हिमाल प्रेस १ असार २०८१ १७:३२
6
SHARES
चीनमा तटरक्षाको नयाँ नियम लागू

सांघाइ- चीनमा आजदेखि लागू हुने तटरक्षासम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६० दिनसम्म हिरासतमा राख्न अनुमति दिने भएको छ।

बेइजिङले अनलाइन प्रकाशित गरेको नियमअनुसार चीनको तटरक्षकले शनिबारदेखि सीमा प्रवेश र निकासको व्यवस्थापन उल्लंद्दन गरेको शंकामा विदेशीहरूलाई हिरासतमा लिन सक्नेछ।

जटिल मामिलाहरूका लागि ६० दिनसम्म हिरासत अवधिको अनुमति छ। यदि बन्दीहरूको राष्ट्रियता र पहिचान अस्पष्ट छ भने जाँचका लागि हिरासतको अवधि उनीहरूको पहिचान निर्धारण भएको दिनदेखि गणना गरिने बताइएको छ।

अवैध रूपमा चीनको क्षेत्रीय पानी र छेउछाउमा प्रवेश गरेका विदेशी जहाजहरूलाई नगरपालिका तटरक्षक एजेन्सी वा प्रमुख तटरक्षक एजेन्सीको स्वीकृति लिएर कानूनअनुसार हिरासतमा राख्न सकिनेछ पनि बताइएको छ।

बेइजिङले पानीमा गस्ती गर्न तटरक्षक र अन्य डुंगाहरू तैनाथ गरेको  र धेरै चट्टानहरूलाई सैन्यकृत कृत्रिम टापुहरूमा परिणत गरेको पनि जनाएको छ। फिलिपिन्सले भने चिनियाँ तटरक्षकलाई फिलिपिन्सका जहाजहरू विरुद्ध अमानवीय व्यवहार गरेको आरोप लगाएको छ।  एजेन्सी

प्रकाशित: १ असार २०८१ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =