संविधानले सबै समुदायका उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

हिमाल प्रेस १ असार २०८१ १२:१२
2
SHARE
संविधानले सबै समुदायका उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताएका छन्।

भूमे पर्व (भुम्या पर्व) २०८१ का अवसरमा आज यहाँ जारी गरेको शुभकामना सन्देशमा उनले पर्वले सबै नेपालीमा सकारात्मक सोचको विकास गरी भ्रातृत्व, एकता, सद्भाव र मेलमिलापको वातावरण सृजना एवं देश निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनले विज्ञप्तिमा परापूर्वकालदेखि प्रकृतिपूजक मगरहरूले मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमिपूजा अर्थात् प्रकृतिको पूजा गरी भूमे पर्वको सुरुआत गरेको उल्लेख गरेका छन्।

प्रकाशित: १ असार २०८१ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =