एसियाली कराँते च्याम्पियनसीपमा दुई खेलाडीको उत्कृष्ट प्रदर्शन, बुटवलकी एलिसा प्रथम

हिमाल प्रेस १ असार २०८१ १३:५६
12
SHARES
एसियाली कराँते च्याम्पियनसीपमा दुई खेलाडीको उत्कृष्ट प्रदर्शन, बुटवलकी एलिसा प्रथम

लुम्बिनी- आठौं एसियाली गोजु–रियो कराँते च्याम्पियनसीप २०२४ मा नेपालका तर्फबाट सहभागी बुटवलका दुई खेलाडीले सिनियर महिला कातातर्फ प्रथम र जुनियर कातातर्फ तृत्तीय स्थान हासिल गरेका छन्।

भारतको पुणेमा सम्पन्न भएको प्रतियोगितामा बुटवल १३ की एलिसा गुरुङ सिनियर महिला कातातर्फ प्रथम र बुटवल १३ कै प्रज्ञान गुरुङ जुनियर कातातर्फ तृत्तीय भए।

उनीहरू भारतसहित श्रीलंका, बंगलादेश, बेल्जियमलगायतका देशका प्रतियोगीसँग भिडेका थिए।

एसिलाले २६ जनालाई र प्रज्ञानले १५ जनालाई उछिन्दै तेस्रो बनेँ। लुम्बिनी, गण्डकी, कर्णाली र बाग्मती प्रदेशका गरी २० जना खेलाडीसहित प्रतियोगितामा भाग लिएकोमा दुई जनाले मात्र राम्रो प्रदर्शन गरेको नेपाल गोजु–रियो कराते डो संघ रूपन्देहीका सचिव एव्म कोच मनिष पाण्डेयले बताए।

उनले दक्षिण एसियाली प्रतियोगितामा बुटवलका खेलाडीले उत्कृष्ट प्रदर्शन गरी नेपालको गरिमा राख्न सफल भएको बताए। यूनियन अफ गोजुरियो कराँतेको आयोजनमा जुन ६ देखि ९ सम्म भएको प्रतियोगितामा नेपालले दोस्रो शिल प्राप्त गर्न सफल भएको पाण्डेयले बताए।

उनका अनुसार प्रतियोगितामा भारत प्रथम र बंगलादेशले तेस्रो शिल प्राप्त गरेका छन्। यसअघि सातौ एसियाली गोजु–रियो कराँते काठमाडौंमै भएको थियो । सन् २०२५ को नवौं प्रतियोगिता भने श्रीलंकामा हुनेछ।

यस्तै सेप्टेम्बरमा वर्ल्ड गोजुरियो कराँते फेडेरेसन यूरोपको अष्ट्रियामा हुने र सोका लागि नेपालको प्रतिनिधित्ज हुने कोच पाण्डेले बताए। एसिला सिनियर कातातर्फ प्रथम र प्रज्ञान जुनियर काता तर्फ तृत्तीय भएका हुन्।

एलिसा कक्षा ९ र प्रज्ञान कक्षा ६ मा एलवी नमूना एकेडेमीका विद्यार्थी हुन्। नेपाल गोजु–रियो कराते डो संघ रूपन्देही शाखा अन्तर्गत सञ्चालित एलबी नमुना एकेडमी डोजोबाट दुई जना प्रतियोगितामा सहभागी भएका थिए।

बुटवल वडा न १३ ले भारतमा पुगेर उपाधिसहित फर्केकोमा दुई खेलाडीलाई सम्मान गरेको छ। वडाध्यक्ष नाराण पुनले आगामी दिनमा स्थानीय सरकारकाबाट आफूहरूले खेलाडीको मनोबल उच्च पार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।

यस्तै शनिबार तमू ह्यूल छोंजधी गुरुङ राष्ट्रिय परिषद् बुटवल बदेलपोखरी युवा इकाइले समेत सम्मान गरेको छ।

प्रकाशित: १ असार २०८१ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =