दक्षिण अफ्रिकासँग एक रनले हार्‍यो नेपाल, पूरा भएन ‘सुपर ८’ सपना

हिमाल प्रेस १ असार २०८१ ८:४०
34
SHARES
दक्षिण अफ्रिकासँग एक रनले हार्‍यो नेपाल, पूरा भएन ‘सुपर ८’ सपना

काठमाडौँ- नेपाल आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

आजको खेलमा दक्षिण अफ्रिकासँग एक रनले हारेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

पहिलो खेलमा नेदरल्यान्डस्‌सँग ६ विकेटले पराजित नेपालको खेल श्रीलंकासँग वर्षाका कारण रद्द भएको थियो।

 नेपालले अब समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। दक्षिण अफ्रिका यसअघि नै सुपर ८ मा पुगिसकेको छ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ११६ रनको मध्यम लक्ष्य दिएको थियो।

नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो।

सोमपाल कामी ८ रनमा नटआउट रहे।  गुल्सन झा ६ रनमा रन आउट भए।

एक समय हार नजिक पुगेको नेपाली टोलीलाई सोमपाल कामीले छक्का प्रहार गर्दै जितको आशा दिलाएका थिए। तर अन्तिम बलमा गुल्सन रन आउट हुँदा नेपालको सुपर ८ खेल्ने सपना अधुरै रहेको हो।

तेस्रो विकेटका लागि अनिल शाह र आशिफ शेखले ५० रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराए पनि टोलीको हार टार्न सकेनन्। २४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका अनिल चौधौँ ओभरको चौथो बलमा आउट भए। चौथो नम्बरमा ब्याटिङमा आएका अनिल शाह २७ रन बनाउँदा एडेन मक्रमको बलमा मार्को जानसेनको हातबाट क्याच आउट भए।

१८ औँ ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीलाई ६ रनमा गुमाएको नेपालले अन्तिम बलमा आशिफ शेखलाई गुमाएको हो। ४९ बलमा ४ चौका र १ छक्का हानेका आशिफ बोल्ड आउट भए। दोस्रो ओभरको पाचौँ बलमा ओपनर आशिफ शेखले जिवनदान पाएका थिए। कागिसो रवाडाको बलमा क्याच छुट्टा जिवनदान पाएका थिए।

त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो। आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए। सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए।

त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो। आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए। सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए।

यसअघि राम्रो सुरुवात गरेको दक्षिण अफ्रिकाविरुद्ध पछिल्लो समय नेपालका बलर हावी भएका थिए।

नेपालका लागि भर्तेलले ४ र ऐरीले ३ विकेट लिएर दक्षिण अफ्रिकालाई दबाबमा राखेका थिए।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए।

उनले २ चौका र १ छक्का प्रहार गरे।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

प्रकाशित: १ असार २०८१ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =