भुर्तेल र ऐरी चम्किँदा ११५ रनमा समेटियो दक्षिण अफ्रिका

हिमाल प्रेस १ असार २०८१ ६:५०
10
SHARES
भुर्तेल र ऐरी चम्किँदा ११५ रनमा समेटियो दक्षिण अफ्रिका

काठमाडौंँ- कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको सानदार बलिङले दक्षिण अफ्रिका ११५ रनमा समेटिएको छ। नेपालका लागि भर्तेलले ४ र ऐरीले ३ विकेट लिँदा दक्षिण अफ्रिकालाई दबाबमा राखेका थिए।

सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए।

उनले २ चौका र १ छक्का प्रहार गरे।
कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

खेलको दोस्रो इनिङ्स केही बेरमा सुरु हुनेछ।

प्रकाशित: १ असार २०८१ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =