निलम्बित प्रदेशसभा सदस्य देवकोटा भन्छन् : सबैखालको प्रतिवाद गर्छु

हिमाल प्रेस ३२ जेठ २०८१ २१:४१
126
SHARES
निलम्बित प्रदेशसभा सदस्य देवकोटा भन्छन् : सबैखालको प्रतिवाद गर्छु सांसद फणीन्द्र देवकोटा। फाइल तस्बिर

पोखरा- गण्डकी प्रदेश सांसदबाट निलम्बनमा परेका फणीन्द्र देवकोटाले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने बताएका छन्। माओवादी केन्द्रको कारबाहीले आफू आश्चर्यमा परेको भन्दै उनले सबैखालको प्रतिवाद गर्ने चेतावनीसमेत दिए।

पोखरामा शुक्रबार साँझ पत्रकार सम्मेलनमा प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीसमेत रहेका उनले आफूमाथिको कारबाही संवैधानिक र राजनीतिक रूपले गलत भएको दाबी गरे। उनले भने, ‘मलाई पूर्वानुमान त थियो तर यसरी निलम्बनकै सूचना जारी हुन्छ जस्तो लागेको थिएन।’

उनी प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी मिलेर लड्दा निर्वाचित भएका थिए। ‘केन्द्रीय नेता हुनुको नाताले मेरो पार्टी नेसपा र माओवादीको केन्द्रीय समितिले नै निर्वाचनमा जाँदा एकल चुनाव चिह्न प्रयोग गरेर जाने र हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्ने निर्णय गरेका थियौँ। त्यही आधारमा अहिलेको परिघटना भएको हो’, उनले भने। आफ्नो उम्मेदवारीपत्रमा पनि दलको नाम नेसपा नै उल्लेख गरेको र निर्वाचन घोषणापत्र एवम् कार्यक्रम पनि नेसपाकै लिएर गएको जिकिर गरे।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विश्वासको मतको प्रस्तावमा पार्टीको ह्विप नमानेको आरोपमा माओवादीले उनलाई कारबाही गरेको हो। ह्विप उल्लंघन गरेको भन्दै प्रदेशका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेका थिए भने माओवादीको केन्द्रीय समितिले पनि स्पष्टीकरण मागेको थियो।

शुक्रबार संसद बैठकमा सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेश माओवादी केन्द्रको संसदीय दलको कार्यालयले उनीमाथि कारबाही (पदमुक्त) गरेको पत्रको व्यहोरा पढेर सुनाएका थिए। २०७९ सालको प्रदेशसभा चुनावमा गोरखा क्षेत्र २ (१) बाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गरी चुनाव जितेका देवकोटाले संसदीय दलको निर्देशन उल्लंघन गरेको उल्लेख छ। देवकोटाले फ्लोर क्रस गरी मुख्यमन्त्री पाण्डेलाई मत दिई पद जोगाइदिएका हुन्।

गण्डकीका मन्त्री फणीन्द्रमाथि माओवादीले गर्‍यो कारबाही, नेसपा भन्छ : कानुनी बाटो खोज्छौँ

प्रकाशित: ३२ जेठ २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =