सहरमा आज

नेपाली र विदेशी फिल्मले भरिपूर्ण हल

सुस्मिता बजगाईं १ असार २०८१ ६:५१
24
SHARES
नेपाली र विदेशी फिल्मले भरिपूर्ण हल

काठमाडौँ- असारको पहिलो शनिबार। हामीले सधैँझैँ उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनात्मकसहित केही महत्त्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता उपत्यकाका नाटकघरमा कुनै नाटकको सो छैन तर हलमा भने स्वदेशी र विदेशी फिल्मको वर्चस्व छ। हलमा चार नेपालीमा, तीन हिन्दी, दुई अंग्रेजी र एक जापानी गरी १० फिल्म प्रदर्शन भइरहेको छ।

नेपाली फिल्म ‘बाटोः रोड टु डेथ’

रोड थ्रिलर जनरामा बनेको फिल्म ‘बाटो : रोड टु डेथ’ जेठ ३२ देखि देशैभर प्रदर्शन भइरहेको छ। फिल्ममा छोराछोरीप्रति बाआमाको माया र मानिसलाई नियन्त्रण गर्ने शक्ति पाउन उसकै मुटु खाने एक गिरोहको कथा प्रस्तुत गरिएको छ। मदन थापाको लेखन, सम्पादन र निर्देशनमा बनेको फिल्ममा कलाकार मिथिला शर्मा, आशान्त शर्मा, पशुपति राई, उप्पल झा, रक्षा थापा, सुलक्षण भारती, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय र किरण शाहीको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्सअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको नौ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, सीके सिनेमाज, कीर्तिपुर सिनेमाजमा फिल्म ‘बाटो’ चलिरहेको छ।

गाउँ आएको बाटो

नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा कलाकार दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढाव देखाउन खोजिएको छ। निर्देशक नवीन सुब्बा र महेश राईले फिल्मको पटकथा लेखेका छन्।

उपत्यकाको क्यूएफएक्सअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, राइजिङ मल र छाया सेन्टरमा फिल्मको फिल्मको १२ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, सीके सिनेमाज, कीर्तिपुर सिनेमाजमा फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनरत छ।

फर्की फर्की

जेठ १० देखि हलमा प्रदर्शन भइरहेको फिल्म ‘फर्की फर्की’ दोस्रो सातामा चलिरहेको छ। लभस्टोरी जनरामा बनेको फिल्ममा कलाकार अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा छन्। रोहित अधिकारीले निर्माण गरेको बनेको फिल्मका लेखक तथा निर्देशक सुयोग गुरुङ हुन्। उपत्यकाको क्यूएफएक्सअन्तर्गत सिभिल मल र भाटभटेनी, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाजमा फिल्म ‘फर्की फर्की’ चलिरहेको छ।

पुजार सार्की

जेठ १० देखि नै प्रदर्शनरत फिल्म ‘पुजार सार्की जातीय विभेदको विषयमा आधारित छ। फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू मुख्य भूमिकामा छन्। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्।

उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर र राइजिङ मलमा फिल्मको सात सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाजमा फिल्म ‘पुजार सार्की’ चलिरहेको छ।

जापानीज फिल्म ‘हाइकूः डम्पस्टर ब्याटल’

जापानी फिल्म ‘हाइकूः डम्पस्टर ब्याटल जेठ २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक सुसुमु मित्सुनाका हुन्। फिल्ममा अयुमु मुरासे, काइतो इशिकावा, युकी काजीलगायको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर र छाया सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

हिन्दी फिल्म ‘चन्दु च्याम्पियन’

एक्सन, बायोग्राफी र ड्रामा जनरामा बनेको हिन्दी फिल्म ‘चन्दु च्याम्पियन’ जेठ ३२ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक कवीर खान हुन्। फिल्ममा कार्तिक आर्यन र विजय राज मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, राइजिङ मल र छाया सेन्टरमा फिल्मको १३ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेमाजमा फिल्म प्रदर्शन भइरहेको छ।

मुन्ज्या

हिन्दी फिल्म ‘मुन्ज्या’ हरर र कमेडी जनरामा बनेको छ। फिल्म जेठ २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। आदित्य सरपोतदारको निर्देशनमा बनेको फिल्ममा शर्वरी वाघ, अभय वर्मा, मोना सिंह, सुहास जोशीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर र राइजिङ मलमा फिल्मको छ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज फिल्म ‘मुन्ज्या’ चलिरहेको अन्य हल हुन्।

सिस्टर एन्ड मिसेस माही

हिन्दी फिल्म ‘सिस्टर एन्ड मिसेस माही’ जेठ १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। दम्पत्तिको कथामा आधारित फिल्मको मुख्य भूमिकामा कलाकार राजकुमार राव र जान्वी कपुर छन्। फिल्मका निर्देशक शरण शर्मा हुन्। फिल्म ड्रामा जनरामा बनेको छ।

उपत्यकाको क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स, राइजिङ मल, सिभिल मल र रञ्जना सिनेप्लेक्स फिल्मको तीन सो छ।

अंग्रेजी फिल्म ‘द वाचर्स’

अंग्रेजी फिल्म ‘द वाचर्स’ जेठ ३२ देखि नेपालमा प्रदर्शन भइरहको छ। हरर जनरामा बनेको फिल्मका निर्देशक इशाना श्यामलन हुन्। फिल्ममा डकोटा फ्यानिङ, जर्जिना क्याम्पबेल, ओल्वेन फ्युरे, सिओभान हेवलेटलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको १३ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाजमा फिल्म ‘द वाचर्स’ चलिरहेको छ।

ब्याड ब्यायज : राइड अर डाई

हलिउड फिल्म ‘ब्याड ब्यायजः राइड अर डाइ’ जेठ २५ देखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर र कमेडी मिश्रित फिल्मका निर्देशक आदिल अल अरबी र बिलाल फल्लाह हुन्। फिल्ममा विल स्मिथ, मार्टिन लरेन्स, भेनेसा हजेन्स, अलेक्जेन्डर लुडविग मुख्य भूमिकामा छन्। शनिबार उपत्यकाको क्यूएफएक्सअन्तर्गत दरबार सिनेम्याक्स र छाया सेन्टर र रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।

प्रकाशित: १ असार २०८१ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =