भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि

हिमाल प्रेस ३२ जेठ २०८१ १०:५२
8
SHARES
भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि

काठमाडौँ- नेपाली गायन रियालिटी सो भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि सुरु हुँदैछ। हिमालय टिभीमार्फत राती ८ बजे सो को ब्लाइन्ड अडिसन प्रसारण हुनेछ। तेस्रो सिजनको होस्ट रोनिस्मा श्रेष्ठले गर्नेछिन्। ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी छनोट गरिनेछ।

द ब्याटल, लाइभ शो, सेमीफाइनल हुँदै दुई महिनासम्म चल्ने सोको फिनाले आगामी साउन ३२ गते हुनेछ। कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल हुन्। यस सिजनको जजका रुपमा प्रमोद खरेल, छेवाङ लामा, मेलिना राई र मिलन नेवार देखिनेछन्।

यसपटक भने कोचलाई ब्लकको अधिकार प्रदान गरिएको छ।प्रतियोगितामा ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले प्रतिस्पर्धा गर्न पाउनेछन्।

प्रकाशित: ३२ जेठ २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =