टी-२० विश्वकप : नेदरल्यान्ड्समाथि बंगलादेशको जित

हिमाल प्रेस ३२ जेठ २०८१ ६:१४
12
SHARES
टी-२० विश्वकप : नेदरल्यान्ड्समाथि बंगलादेशको जित

काठमाडाैँ- बंगलादेशले टी-२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेकाे हो। यो जितसँगै बंगलादेशले सुपर-८ मा आफ्नो दाबी बलियो बनाएको छ। नेदरल्यान्ड्स भने सुपर-८ कै दौडमा छ। २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ को दौडबाट बाहिरिएको छ।

किंग्सटाउनमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्याे।

बंगलादेशकाे जितको नायक बने रिशाद हुसेन। उनले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए। नेदरल्यान्ड्सका लागि सिब्रान्ड एन्जेलब्रेचटले सर्वाधिक ३३ रन बनाए। विक्रमजीत सिंहले २६ रन र कप्तान स्कट एडवर्ड्सले २५ रन बनाए।

बंगलादेशका लागि शकिब अल हसनले अविजित ६४ रनको अर्धशतकीय खेले। उनले ३८ बलमा अर्धशतक बनाए। शकिबले टी-२० अन्तर्राष्ट्रियमा १९ इनिङ्सपछि अर्धशतक बनाएका छन्। तान्जिद हसनले ३५ र महमुदुल्लाहले २५ रन बनाए। आर्यन दत्त र पल भान मिकरेनले २/२ विकेट लिए।

प्रकाशित: ३२ जेठ २०८१ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =