यू-१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन

हिमाल प्रेस ३१ जेठ २०८१ २०:३९
22
SHARES
यू-१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन

पोखरा- यू-१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ। बागमतीले ११ स्वर्ण, ६ रजत र ७ कास्यसहित कुल २४ पदक जित्दै च्याम्पियन बनेको हो।

पदक आधारमा लुम्बिनी दोस्रो र गण्डकी तेस्रो बने। लुम्बिनीले ६ स्वर्ण, ३ रजत र १० कास्यसहित कुल १९ पदक हात पारेको छ। गण्डकीले ५ स्वर्ण, ८ रजत र ७ कास्यसहित कुल २० पदक जित्यो। त्यसपछि क्रमशः कर्णाली, कोशी, सुदूरपश्चिम र मधेश प्रदेशले स्थान बनाए।

कर्णालीले ५ स्वर्ण तथा रजत र कास्य २/२ वटा जित्यो। कोशीले १ स्वर्ण, ७ रजत, ८ कास्य, सुदूरपश्चिमले १ स्वर्ण, २ रजत र ५ कास्य तथा मधेशले १ स्वर्ण, २ रजत र १ कास्य हात पारेको छ।

बागमतीले टेबलटेनिस र बास्केटबलमा क्रमशः ५ र २ स्वर्ण जित्दै वर्चश्व कायम गर्‍यो। राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्, गण्डकी संयुक्त आयोजनामा पोखरामा बुधबारदेखि ‘यू-१५ विद्यालय खेलकुद प्रतियोगिता’ सुरु भएको थियो।

२ दिनसम्म चलेको प्रतियोगितामा एथ्लेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा सातै प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गरेका थिए।

पदक विजेतालाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकी सदस्यसचिव श्रीधर शर्मा, राखेप बोर्ड सदस्य राजेश गुरुङलगायतले पुरस्कृत गरे।

प्रतियोगितामा ७ वटै प्रदेशका ६ सय ३० जना (खेलाडी, प्रशिक्षक र म्यानेजरसहित) ले भाग लिएका थिए। हरेक प्रदेशबाट ७६ खेलाडी, ७ प्रशिक्षक र ७ जना टीम म्यानेजरले भाग लिएका थिए।

प्रकाशित: ३१ जेठ २०८१ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =