विश्वप्रकाशले संसद्‌मा भने : बाढीपछि बैठक होइन उद्धारमा जुट्न सकियोस्

हिमाल प्रेस ३१ जेठ २०८१ १२:२१
6
SHARES
विश्वप्रकाशले संसद्‌मा भने : बाढीपछि बैठक होइन उद्धारमा जुट्न सकियोस् विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विनासले ठूलो समस्या ल्याउने बताएका छन्।

उनले वन विनासले प्राकृतिक विपत्तिको जोखिम बढाएको उनले बताएका थिए। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण सम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

वर्षाको समयमा नेपालमा तीन वटा दृश्य देखिने गरेको उल्लेख गर्दै उनले बाढी पहिरो, आपत्कालीन बैठक र दलहरूको वक्तव्य अनि संसदमा सांसदहरूको ध्यानाकर्षणको दृश्य देखिने गरेको भन्दै ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरे।

उनले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे।

प्रकाशित: ३१ जेठ २०८१ १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =