ओपीडी काउन्टर बढाएर भए पनि अस्पतालमा लाइन लाग्ने बाध्यता हटाऔँ : सुनिता बराल

हिमाल प्रेस ३१ जेठ २०८१ १२:१३
4
SHARES
ओपीडी काउन्टर बढाएर भए पनि अस्पतालमा लाइन लाग्ने बाध्यता हटाऔँ : सुनिता बराल

काठमाडौँ- नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले लाइन बस्नुपर्ने बाध्यता हटाउन सरकारसँग माग गरेकी छन्।

उनले आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरेकी हुन्।

बरालले बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरिन्।

उनले संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढंगले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

एक मिनेट पनि कति धेरै महत्वपूर्ण हुन्छ यति सुन्य समय सेसन स्मरण गरे पुग्छ तर आज सर्वसाधारण नागरिक हाम्रा सरकारी अस्पतालहरुमा घण्टौ लाइन लाग्ने अवस्था छ । ९ बजे ओपीडी खुल्ने अस्पताल हरुमा बिहान ५ बजेदेखि लाइन हुने अवस्था छ । एउटा काउण्टरको साटो ३-४ काउण्टर राखेर टिकट काट्नैका लागि घण्टौ लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्नु पर्यो । अर्को महत्वपूर्ण बिषय परीक्षण गर्दा टिकट लिएको बिरामी ल्याब दर्ता गर्न फेरि लाइन बस्नुपर्ने रिपोर्ट लिन फेरि लाइन बस्नुपर्ने र रिपोर्ट देखाउदा फेरि लाइन बस्नुपर्ने झन्झटपूर्ण अवस्था छ । अझ स्वास्थ्य बिमामा सूचीकृत भएका नागरिकहरुको बिमादाबीका लागि प्रस्थान बिन्दूको अस्पताल र परीक्षण गराइएको अस्पतालको बिषयमा बिलिङ काउण्टरमा लफडा भैरहेको देखिन्छ । बिमामा सूचीकृतहरुलाइ दोश्रो दर्जाको नागरिक जस्तो ब्यबहार गरेको गुनासो आइरहेको छ यो कैले बन्द हुन्छ । डाक्टरलाई जचाउँदा नै विरामीले अनलाइनबाट सेवा लिन सक्ने अवस्था भए राम्रो हुनेथियो| अनलाइनबाट नै रिपोर्ट तथा औषधि र सल्लाह दिने व्यवस्था गर्ने गरी अनलाइन प्रणाली विकास गर्नेतिर समेत सम्बन्धित निकायको ध्यानाकर्षण होस् । स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकमा राज्यविरुद्धको आक्रोस निर्माण हुने यस्ता अवस्था भईरहेका अस्पतालहरुको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण होस् ।

प्रकाशित: ३१ जेठ २०८१ १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =