भदौ २१ मा ‘देवी’आउँदै

हिमाल प्रेस ३१ जेठ २०८१ ११:४४
8
SHARES
भदौ २१ मा ‘देवी’आउँदै

काठमाडौँ-  संजोग राईको निर्देशनमा बनेको फिल्म ‘देवी’ आगामी भदौ २१ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २१ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

रहस्यमय पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ। नेपथ्यमा भने कसैको हत्या गरिरहेको दृश्य पनि छ। फिल्मको पटकथा निर्देशक राई र अजय गौतमले लेखेका छन्। निर्माण टिमका अनुसार फिल्म महिला यौनहिंसा विरुद्धको कथावस्तुमा आधारित छ।

अभिनेत्री मास्केले फिल्ममा पत्रकारको भूमिकामा देखिनेछिन्। त्यस्तै फिल्ममा नाजिर हुसेन, गौरव पहारी पनि मुख्य भूमिकामा देखिनेछन्। गौरव अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर संस्था सञ्चालकको भुमिका निभाएका छन्।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको निर्मातामा निर्देशक राईसहित रेमन गुरुङ र नारायण गुरुङ छन्। भने सह-निर्मातामा उजेन नोर्बु गुरुङ र मिलन लामा छन् एक्जिबिटको प्रस्तुति रहेको फिल्ममा बाँसुरी फिल्म्सले सहकार्य गरेकाे छ।

 

 

प्रकाशित: ३१ जेठ २०८१ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =